काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौँ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–१ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकलका चालक टोखा नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको रहेका छन् ।

उनको उपचारका क्रममा आज ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ ।

यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल चालकको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *