प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका बम रिहा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् ।

आइतबार दिउँसो पक्राउ परेका बम साँझ रिहा भएका राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिएका छन् । बमलाई प्रहरीले दिउँसो चितवनबाट पक्राउ गरी हेटौंडा लगेको थियो ।

शनिबार बमले प्रचण्डको तस्बिर जलाएका थिए । शुक्रबार मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्तिचोर, भाइमारा जस्ता आरोप लगाएका थिए । त्यसपछि राप्रपा प्रचण्डसँग आक्रोशित बनेको छ । बम पक्राउ परेपछि प्रचण्डले तस्बिर जलाएको आधारमा गिरफ्तारी उचित नहुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *