काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोधका विभिन्न रूपहरू हुने भन्दै तस्बिर जलाएको आधारमा गिरफ्तारी उचित नहुने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत प्रचण्डले तस्बिर जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘लोकतन्त्रमा बिरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव निराजन बमलाई प्रहरीले अइतबार चितवनबाट पक्राउ गरेको थियो ।
बमलाई पक्राउ गरेपछि प्रचण्डको यस्तो भनाई आएको हो । बमले हेटौंडामा आयोजित एक कार्यक्रममा शनिबार प्रचण्डको तस्बिर जलाएका थिए ।