सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आइतबार प्रतितोला ४०० रुपैयाँले घटेर र एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस रु दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *