बीबीसी । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तथा अन्य जहाज, विमान तथा ड्रोनविरुद्ध समुद्री डकैती, हिंसा तथा आतंकवादविरुद्ध यो अभियान चलाइएको बताएका छन् ।
बीबीसीकाअनुसार हुथी स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा परी कम्तिमा १९ जनाको मृत्यु भएको जनाएको छ । यसअघि हुथीहरूसँग जोडिएको अल मसिरा टीभीले यमनको सनामा आक्रमण भएको जानकारी दिइएको थियो ।
हुथी मिडियाको कार्यालयले अमेरिकाले सानाको उत्तरी क्षेत्र शौआबमा एक आवासीय क्षेत्रलाई निशाना बनाएको बताइएको छ ।