‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

काठमाडौँ । ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक भएको छ । शनिबार सांसद सूर्य थापाले स्मृतिग्रन्थ सार्वजनिक गरेका हुन् । उनले ग्रन्थले प्यूठानको इतिहासलाई उजागर गरेको बताए ।

भक्तिराम उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै सांसद थापाले उनले देखाएको मार्गदर्शनमा सबै लाग्नुपर्ने बताए । प्यूठान शिक्षित र जागृत समाज रहेको उल्लेख गर्दै भक्तिराम जस्ता अन्य व्यक्तिबारे पनि संस्मरण ग्रन्थ लेख्न आवश्यक रहेको उनको भनाइ थियो ।

कृषि विकास बैंकका उपमहाप्रबन्धक मीनराज पोखरेलले भक्तिरामले प्यूठानको शिक्षा क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको चर्चा गरे । कार्यक्रममा भक्तिरामका छोरा हरिप्रसाद पोखरेलले बुवाले गरेको योगदानबारे जानकारी गराउन ग्रन्थ प्रकाशित गरिएको बताए । ग्रन्थका सम्पादक जीवराम भट्टराईले ग्रन्थ युवा पुस्ताका लागि मार्गदर्शन बन्ने विश्वास व्यक्त गरे ।

ग्रन्थमा ९८ जना व्यक्तिले भक्तिरामको बारेमा लेखेका छन् । प्यूठान ओखरकोटमा जन्मिएका भक्तिरामले तत्कालीन बिपी कोइरालाको नेतृत्वमा सञ्चालित विसं २००७ को क्रान्तिमा सक्रिय सहभागिता जनाएका थिए । बाल शिक्षा माध्यामिक विद्यालय, पूर्वविद्यार्थी समाजले ग्रन्थ प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *