सर ! सर ! सर
थाहा छ हजुरहरुलाई ? !
बाकसमा आएर एयरपोर्टमा मान्छेहरु झर्दैछन् !
-ठीक छ झर्दैगर्छन् ! खै यता सुविधा थपौं !
सर ! सर ! सर
तुइनबाट खसेर मान्छेहरु मर्दैछन् !
ठीक छ मर्दैगर्छन् ! खै यता सुविधा थपौं !
सर ! सर ! सर
गाउँमा कोही छैन, मरेका मान्छेले मलामी नपाउन थाले !
-ठीक छ, नपाउँदै गर्छन् ! खै यता सुविधा थपौं !
सर ! सर ! सर
चारैतिर चोर देश छोड भनेर नारा लाउन थाले !
-ठीक छ, लाउँदै गर्छन् ! खै यता सुविधा थपौं !
सर ! सर !सर
सत्ताइस खर्ब पुग्यो, रीनले देश खानै लाग्यो !
-ठीक छ, खाँदै गर्छ !खै यता सुविधा थपौं !
सर ! सर ! सर
हजुरहरुको योगदानले गणतन्त्र जानै लाग्यो !
ठीक छ, जाँदै गर्छ! खै यता सुविधा थपौं !
अर्जुन पराजुली ।