पाल्पा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको बताएका हुन् ।
यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वाेच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरि निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरि सरकारले गृहकार्य अघि बढाएको छैन । वर्तमान सरकारको सुविधा थप्ने सरकारको मनसाय छैन ।’
उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रिन रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए ।
राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जिविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।