राजावादीको प्रदर्शनले परिस्थिति गम्भीर बनेको समाजवादी मोर्चाको निष्कर्ष

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको छ ।

शुक्रबार बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत बनाउने निर्णय भएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

यस विषयमा संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, समाजवादतिरको यात्रालाई सहज बनाउने वातावरण बनाउन छलफल गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाको बैठकले शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यस्तै शनिबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *