काठमाडौं । चार देशीय टी-२० क्रिकेट प्रतियोगिताना अन्तर्गत भएको खेलमा नेपालले पाँचौ हार बेहोरेको छ । बिहीबार बेलुकी भएको खेलमा नेपाल युगान्डासँग ४० रनले पराजित भएको हो ।
जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्र बनाउन सक्यो । नेपालको लागि कविता जोशीले १२ र कप्तान इन्दु बर्माले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
युगान्डाको लागि इरेने मुतोनी र इम्मासुलेट नाकिसुयीले तीन/तीन विकेट लिँदा कोनी अवेको र जानत म्बाबाजीले समान एक/एक विकेट लिए ।
यसअघि एन्टेबे क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको युगान्डाले २० ओभरमा ५ विकेटको क्षतिमा ९१ रन बनाएको हो । युगान्डाको लागि रिता मुसामलीले ३८, इस्थर लोकुले २२ र स्टेफानी नाम्पिनाले १३ रन बनाइन् । युगान्डाका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि रियाल शर्माले दुई विकेट लिँदा पुजा महतो, इश्वरी विष्ट र रुबिना क्षेत्रीले समान एक/एक विकेट लिइन् ।