पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद सजाय तोकिएको छ ।

बिहीबार जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तालाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो ।

गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

प्रहरीले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *