नेपाल युगान्डाविरुद्ध टस हारेर पहिले बलिङ गर्दै

काठमाडौं । युगान्डा भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले घरेलु टोलीविरुद्ध टस हारेको छ । केहिबेरमा शुरु हुने खेलमा नेपालले टस हारेर पहिले बलिङको निम्तो पाएको हो  ।

नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । यसअघिको चार खेलमध्य तीन खेलमा नेपालले हार बेहोरेको थियो ।

यसअघि युगान्डाविरुद्धको खेलमा विजयी भएको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *