पाकिस्तानमा पृथकतावादी समूहले कब्जा गरेको रेलबाट १९० बन्धकको उद्दार

पाकिस्तान । पाकिस्तान सुरक्षा स्रोतहरूले बुधबार बताएअनुसार सेनाले दक्षिणपश्चिमको पहाडी क्षेत्रमा दोस्रो दिन १९० रेल यात्रुलाई मुक्त गराएको छ ।

मङ्गलबार दिउँसो बलुचिस्तान प्रान्तको एक दुर्गम सीमावर्ती जिल्लामा एक लडाकू पृथकतावादी समूहले रेल कब्जा गर्दा ४५० भन्दा बढी यात्रुहरू सवार थिए, जसमा अझै पनि अज्ञात सङ्ख्यामा बन्धकहरू छन् ।
“अहिलेसम्म १९० यात्रुलाई उद्धार गरिएको र ३० आतङ्ककारी मारिएका छन् । आत्मघाती बन्दुकधारीहरूसँग महिला र बालबालिकाको उपस्थितिका कारण अत्यधिक सावधानी अपनाइएको छ,” एक सुरक्षा स्रोतले एएफपीलाई बताए ।

“बाँकी रहेका आतङ्ककारीहरूलाई हटाउन अपरेशन जारी छ ।” प्रान्तीय राजधानी क्वेटामा एक एएफपीका फोटोग्राफरले बुधबार घटनास्थलमा रेलबाट लगभग १५० खाली कफिनहरू ढुवानी गरिएको देखेको बताएको छ ।

आक्रमणको तुरुन्तै बलुच लिबरेसन आर्मी (बीएलए) ले जिम्मेवारी लिएको थियो । यसले ट्र्याकमा भएको विस्फोटको भिडियो जारी गर्यो र त्यसपछि पहाडमा लुकेका ठाउँहरूबाट दर्जनौं लडाकूहरू निस्केर गाडिहरूमा आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *