प्रधानमन्त्री कपमा आर्मी र पुलिस विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । बुधबार दिउँसो भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो ।

जितको लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । आर्मीलाई जित दिलाउन सन्तोष कार्कीले ५५, त्रित्त राज दासले ३१ र कप्तान विनोद भण्डारीले २० रन बनाए ।

सुदूरपश्चिमको लागि शेर मल्ल र मिलन बोहोराले एक/एक विकेट लिए ।

यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा बहेको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४५.३ ओभरमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो । सुदूरपश्चिमको लागि निश्चल क्षेत्रीले ४९ रन बनाउँदा सुनिल चन्द र नारायण जोशीले समान १६/१६ रन बनाए ।

आर्मीको लागि शाहाब आलमले चार विकेट लिँदा सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बासिर अहमद र कुशल मल्लले समान एक/एक विकेट लिए ।

जितसँगै आर्मी दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । तीन खेलबाट २ अंक जोडेको सुदूरपश्चिम सातौँ स्थानमा रहेको छ ।

यस्तै आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १ सय ५४ रनले हराएको हो ।

जितसँगै पुलिस २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । तीन खेलबाट अंकविहीन कोशी पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *