गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु, १४ घाइते

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्यालेस्टिनी एन्क्लेभका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य अधिकारीहरूले आक्रमणको स्थान खुलाएका छैनन् । प्यालेस्टिनी मिडियाले मङ्गलबार मध्य गाजाको नेत्जारिम करिडोरमा ड्रोन आक्रमण भएको रिपोर्ट गरेको छ ।

आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि गाजा शहरमा इजरायली बमबारी, दक्षिणी गाजा पट्टीको खान युनिसको पूर्वमा नागरिकहरूलाई लक्षित गरी हवाई आक्रमण र रफाह शहरको पूर्वमा अल–शौका सहरमा इजरायली आक्रमणहरू रिपोर्ट गरेको छ ।

मार्च १ मा युद्धविराम सम्झौताको पहिलो चरणको म्याद सकिएपछि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली आक्रमणहरूको लगभग दैनिक रूपमा भइरहेको छ । स्थायी युद्धविराम सुनिश्चित गर्ने अर्को चरणको वार्ता अझै रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *