लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । इंग्लिस क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मन(पीएसजी)सँग १-० तथा पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित हुँदै लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि भएको पहिलो लेगमा लिभरपुल १-० गोलले विजयी भएपनि समाग्रमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा लिभरपुलको लागि मोहम्मद सलाहले गोल गर्दा डार्विन नुनेज र कर्टिस जोन्स चुके । पीएसजीको लागि भिटिन्हा, गोन्सालो रामोस, ओसुमाने डेम्बेले र डिसायर डोउएले गोल गरे ।

एनफिल्डमा भएको खेलको १२ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन ।

जितसँगै पीएसजीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब पीएसजीले क्वाटरफाइनल खेलमा आज क्लब ब्रुग र एस्टन भिल्लाबीच हुने अन्तिम १६ को खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *