साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

काठमाडौँ । साफ यु-१९ च्याम्पियनसिप फुटबलको ड्र  सार्वजनिक गरिएको छ । मंगलबार सम्पन्न ड्रअनुसार चिरप्रतिद्वन्द्वी नेपाल र भारत एकै समूहमा परेका हुन् ।

भारतमा हुने प्रतियोगितामा  ६ टोलीले सहभागिता जनाउँदै छन् । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा माल्दिभ्ससँगै भुटान र साविक विजेता बंगलादेश रहँदा समूह ‘बी’मा आयोजनक भारतसँगै साविक उपविजेता नेपाल र श्रीलंका रहेका छन् ।

प्रतियोगिता ८ देखि १७ मार्चसम्म आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *