नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से २० दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ५१ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै लगानी र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ । आज उपकार लघुवित्त कम्पनीको शेयर झन्डै ७ प्रतिशतले घटेको छ ।

बजार दोहोरो अङ्कले घटेको दिन नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय ११ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ८ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *