नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम निर्विरोध निर्वाचित

बुटवल । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम निर्विरोध रुपमा निर्वाचित भएका छन् । बुटवलमा शनिबार सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष लगायत कार्यसमितिका सबै पदहरुमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

जसअनुसार अध्यक्षमा बुटवल औद्योगिक क्षेत्रका आलम निर्वाचित भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा बालाजु औद्योगिक क्षेत्रका वीरेन्द्रनाथ भट्टराई, प्रथम उपाध्यक्षमा राजेश्वरलाल जोशी, द्वितिय उपाध्यक्षमा हेटौंडाका सुदीप घिमिरे, महासचिवमा भक्तपुरका सागर घिमिरे, सचिवमा पोखराका सागर बहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालाजुका कान्छा थापा र सहकोषाध्यक्षमा नेपालगञ्जका जगदिश उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको विद्यमान अनुसार अध्यक्ष बाहेकका सबै पदहरु सदस्यमा निर्वाचित भई निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ । त्यसैगरी एशोशियट सदस्यमा सुयशराज पराजुली चयन भएका छन्। देशभरका सबै औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्षहरु पदेन सदस्यमा निर्वाचित भएका छन् ।

जसअनुसार बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, हेटौडा औद्योगिक क्षेत्रका बद्रिनाथ शर्मा, बालाजुका मोतिउर रहमान देवान, नेपालगञ्जका किरण कुमार कार्की, पोखराका रुद्रलाल श्रेष्ठ, भक्तपुरका पवन मित्तल, बिरेन्द्रनगरका कलाधर उपाध्याय, धरानका मानमोहन श्रेष्ठ र गजेन्द्रनारायणका मिलन सिंह रहेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ देशभरका औद्योगिक क्षेत्रका उद्योगीहरुको छाता संस्था हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *