गोकर्णेश्वरस्थित बागमती खोलामा महिलाको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको पक्राउ पर्नेमा एक नाबालकसमेत छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

शनिबार गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बोरामा प्याक गरेको अवस्थामा शव फेला परेको थियो । हत्या गरिएकी महिलाको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *