म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ

मस्को ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म विस्तार गर्ने विषयमा गरेको सम्बोधनको रुसले बिहीबार आलोचना गरेको छ ।

बुधबार फ्रान्सेली राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोँले रुसलाई ‘फ्रान्स र युरोपका लागि खतरा’ को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युक्रेन द्वन्द्वमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरेकोमा फ्रान्सेलीहरू ‘वैधानिक रूपमा चिन्तित’ रहेको बताएका थिए ।

“हरेक दिन उहाँले केही न केही वास्तविकताभन्दा टाढा विरोधाभासपूर्ण बयानहरू बनाउनुहुन्छ,” रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले म्याक्रोँका बारेमा भनेका छन् ।

जाखारोभाले उनलाई हान्स क्रिश्चियन एन्डरसन लोक कथाको सुतेका बच्चाहरूमाथि छाता ओढाउने भूमिकामा रहेका एक पौराणिक पात्र ओले लुकोजेसँग तुलना गरे ।

उनले भने, “मैले यी सबै कुरा सुनेँ, उहाँलाई हेरेँ र उहाँले मलाई पौराणिक पात्र ओले लुकाजेको सम्झना गराउँनुभयो ।”

जर्मनीका चान्सलर फ्रेडरिक मर्जसँग फोनमा भएको कुराकानीपछि म्याक्रोँले फ्रान्सको आणविक निरोधलाई अन्य युरोपेली राष्ट्रमा विस्तार गर्ने विषयमा बहस सुरु गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *