काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ । बिहीबार बेलुकी काठमाडौंका लागि उडेको जहाजको चक्का काठमाडौं अवतरण गरिसकेपछि चक्का खसेको खुलेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ । त्रिभुवन विमानस्थलमा अवतरणपछि जहाजमा चक्का नभएको थाहापाएपछि जनकपुर विमानस्थलमा खोजिएको थियो । त्यसक्रममा जनकपुर विमानस्थलमा भेटिएको थियो ।