काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना प्रहरी अधिकृतहरूले दज्र्यानी चिन्ह लगाएका छन् ।
बिहीबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार भट्टराई प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए ।
यस्तै, गृह मन्त्रालय (सचिवस्तर)को फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना बढुवा भएका थिए ।