मन्त्रिपरिषदको निर्णयअनुसार उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण सोधेको छ ।

मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहीबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा मन्त्रालय र घिसिङबीच मिति २०७८ सालको माघ १५ गते भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन प्रतिवेदन तोकिएको समयसीमाभित्र पेश नगरी सम्झौताको सर्त उल्लंघन गरेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *