राष्ट्रियसभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

यी पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकबाट पनि स्वीकृत भइसकेका छन् । सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो। तर राष्ट्रिय सभामा बहुमत प्रष्ट नहुँदा अध्यादेश निर्णयार्थ अघि बढ्न ढिलाइ भएको थियो । भूमिसम्बन्धी अध्यादेश भने निर्णयार्थ प्रस्तुत हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *