‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ निर्माण गर्ने

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् ।

यो फिल्म आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा फिल्मले भन्ने अनुमान लगाउन सकिन्छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’मा सुशान्त गौतमको निर्देशन रहनेछ । मुकेश खनालले कथा लेखेका छन् । फिल्मको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *