काठमाडौं । इलाममा आजबाट शुरु भएको दोस्रो करेन्ट अन्तराष्ट्रिय आमन्त्रित महिला गोल्डकप-२०८१ मा आयोजक क्लब ओएसिस इलामले विजयी शुरुवात गरेको छ । शनिबार दिउँसो भएको उद्धाटन खेलमा पद्मा स्पोर्टि क्लब ओखलढुंगालाई २-० गोलले हराउँदै आयोजक इलाम सेमिफाइनलमा पुगेको हो ।
इलामको ठुलो टुँडिखेलमा भएको खेलमा इलामलाई जित दिलाउन वर्षा ओली र प्रियंका मगरले समान एक/एक गोल गरिन् । खेलको ३० औँ मिनेटमा वर्षाले गोल गर्दै इलामलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफकै इन्जुरी समयमा प्रियंकाले गोल गर्दो आयोजकको अग्रता दोब्बर बनाएकी थिइन् ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आयोजक इलाम २-० गोलले विजयी भएको हो । अब आयोजकले मानेभञ्ज्याङ फूटबल क्लब, भारत र विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबबीच हुने खेलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
भोली हुने खेलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब भिड्नेछन् ।