काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सन्तोषी महत मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ । कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा शनिबार राति महत मृत भेटिएकी थिइन् ।
घटना अनुसन्धानका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डीआइजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । पाँच सदस्य समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।