काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगितामा ४६ स्कोरसहित गोल्डेन पिक माध्यमिक विद्यालय विजेता बनेको छ ।
यही टिमका सोनाम शेर्पाले बेस्ट स्कोरर उपाधि प्राप्त गरे । फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो ।
प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले, नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । खेल धुन्कमाण्डु, सिमलटारमा भएको थियो ।
खेल नकआउट प्रणालीबाट खेलाइएको थियो । कार्यक्रम समापन अवसरमा वडाध्यक्ष भुवन लामाले, युवाहरुको सिर्जनात्मक उर्जालाई जोगाउन र सहरी स्वास्थ्यको प्रवर्धन गर्न वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।
वडासचिव कमल गौत्तमका अनुसार खेलमा सबैभन्दा धेरै ६२ स्कोर भएको थियो । छैटौँ खेलमा यो स्कोर गोल्डेन पिकले बौद्ध चिल्ड्रेन स्कूलविरुद्धको खेलमा गरेको थियो ।