नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा खोमराज खरेल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *