काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई प्रदर्शनको अनुमति दिएको हो ।
कांग्रेस नेता मोहम्मद अफताब आलमले आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो । आलम हाल हत्या अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।
सोही रिटलाई ध्यानमा राख्दै शुक्रबार बोर्डले यस फिल्मको जाँच गरेको थियो। तर सेन्सर बोर्डले रोक लगाउनुपर्ने कुनै दृश्य नभेटेपछि प्रदर्शनको बाटो खोलिदिएको हो । फिल्मको पोष्टरमा सिताराम कट्टेल (धुर्मुस) ले आलमजस्तै देखिने भूमिकामा देखिएका थिए । फिल्म फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।