फुटबल प्रशिक्षक श्रेष्ठको निधन

काठमाडौं । नेपाली फुटबलका प्रशिक्षक हरिओम श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ५४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

श्रेष्ठको प्रशिक्षणमै न्युरोड टिम (एनआरटी) ले २५औँ संस्करणको बुढा सुब्बा गोल्डकपको उपाधि जितेको थियो । प्रतियोगिताकै क्रममा प्रशिक्षक श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको थियो ।

श्रेष्ठले एनआरटीसँगै थ्रीस्टार, आरसीटी र मनाङ मस्र्याङदी क्लबबाट घरेलु फुटबल खेलेका थिए । श्रेष्ठले नेपालको १९ वर्षमुनिको टिमको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *