झापा–११ झापा गोल्डकपको  सेमिफाइनलमा

 

झापा । झापा–११ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा शनिबार भएको दोस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा–११ का लागि खेलको १४औँ मिनटमा एरोन थापाले गोल गरे । उनले विपक्षी ‘गोलकिपर’ अगाडि बढेको फाइदा उठाउँदै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् ।

चर्च ब्वाइजका लागि खेलको ४१औँ मिनेटमा विक्रम धिमालले बराबरी गोल गरे । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ७९औँ मिनेटमा झापा–११ का कप्तान पेमा तामाङले निर्णायक गोल गरे । झापा–११ का कप्तान तामाङ ‘प्लेयर अफ दी म्याच’ भए ।

आइतबार तेस्रो क्वाटरफाइनल खेल न्युरोड टिम र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेता टोलीले नगद रु सात लाख प्राप्त गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *