ताप्लेजुङको फुङलिङमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप(भिडियो)

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ । झडपका कारण फुङलिङ बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

शनिबार साँझ बजार क्षेत्रमा मसल जुलुससहित प्रदर्शकारीहरु निस्किएपछि झडप भएको हो । झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । ‘नो केवलकार’ समुहले राँके जुलुस निकालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएको स्थानीयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *