काठमाडौं । तेस्रो संस्करणको फ्रेन्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल)को मिनी अक्सन सम्पन्न भएको छ । शनिबार दिउँसो सम्पन्न अक्सनमा केहि चर्चित खेलाडी माथि कुनै टोलीले चासो नदेखाउँदा ६ खेलाडी भने सबैभन्दा महँगो मुल्यमा बिक्रि भएका छन् ।
महँगो मुल्यमा बिक्रि हुने खेलाडीमा मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री रहेका छन् । सबै ६ खेलाडी सर्वाधिक चार लाख रुपैयाँमा बिकेका हुन् ।
यस्तै नवयुग श्रेष्ठ(फरवार्ड), राजेश परियार(फरवार्ड), भरत खवास(फरवार्ड), विकेश कुथु(गोलरक्षक), विशाल सुनार(गोलरक्षक) लगायतका खेलाडीलाई कुनैपनि टोलीले चासो देखाएनन् ।
अक्सनबाट कुन खेलाडी कुन टोलीमा ?
काठमाडौं रेजर्स
मार्की प्लेअर : रोहन कार्की
अक्सनबाट किनेका खेलाडी: दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, आशिष चापागाई, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन
ललितपुर सिटी एफसी
मार्की प्लेअर : अनन्त तामाङ
अक्सनबाट किनेका खेलाडी: मणि कुमार लामा, सन्तोष खत्री, सुदिप गुरुङ , योगेश गुरुङ, नविन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ
पोखरा थण्डर्स
मार्की प्लेअर : समिर तामाङ
अक्सनबाट किनेका खेलाडी: सुरज ज्यु ठकुरी, राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी
एफसी चितवन
मार्की प्लेअर : अन्जन विष्ट
अक्सनबाट किनेका खेलाडी: अभिषेक लिम्बु, सुमित श्रेष्ठ, मिलन राई, शिशिर लेखी, जय गुरुङ
धनगढी एफसी
मार्की प्लेअर : कृतिश रत्न छुन्जु
अक्सनबाट किनेका खेलाडी: पासाङ लामा, विवेक पौडेल, जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास
बुटवल लुम्बिनी एफसी
मार्की प्लेअर : मनिष डाँगी
अक्सनबाट किनेका खेलाडी: प्रदिप लामा, फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्र थापा
झापा एफसी
मार्की प्लेअर : घोषणा हुन बाँकी
अक्सनबाट किनेका खेलाडी: आशिष गुरुङ, अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक