जेलेन्स्कीले ‘धेरै छोटो अवधिमा’ खनिज सम्झौतामा हस्ताक्षर गर्ने ह्वाइट हाउसको दाबी

नेसनल हार्बर । ह्वाइट हाउसले युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने कुरामा जोड दिएको छ ।
यसअघि सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको कमीका कारण अस्वीकार गरेका थिए ।
‘हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो ह’”, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले राजधानी वासिङ्टनको बाहिरी भागमा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्स (सिपिएसी) का सहभागीहरूलाई भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *