काठमाडौं । सशस्त्र प्रहरीले वीरगंजबाट एयर गन र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले वीरगज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेटबाट एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित ३४ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको छ ।