अल्मोडा राणाको ‘रोक्ने छैन’

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक पहिलो गीत ‘रोक्ने छैन’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ ।

सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैंले एरेञ्ज गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् ।

विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *