बालेनले ट्रम्पलाई लेखेः नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराएकोमा धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

सामाजिक संजालमार्फत मेयर साहले नेपाल अमेरिकाभन्दा राम्रो रहेको महसुस गराएको भन्दै धन्यवाद दिएका हुन् ।

उनले भनेका छन्, ‘तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभएकोमा धन्यवाद छ ।’

उनले नेपाली जनशक्ति देश छाडेर विदेश पलायन भएकाले नेपाल गरिब भएको पनि टिप्पणी गरेका छन् । तर, अमेरिकीहरू अल्छी रहेको र उनीहरूले आफैँले आफ्नो देश बनाउन नसक्ने पनि टिप्पणी गरेका छन् । मेयर साहले डीभी चिठ्ठा प्रणाली रोक्न पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *