झापा-११ भद्रपुर झापा गोल्डकपको क्वाटर फाइनलमा

झापा । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा झापा ११ ले मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै झापा–११ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

झापाका लागि खेलको २९औँ मिनेटमा बबिन बोहोराले गरे । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । शुक्रबार हुने पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।

उपाधि विजेताले रु १३ लाख, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले रु सात लाख, ट्रफी र पदक प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख पाँच हजार प्राप्त गर्नेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले रु २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *