लेबनानलाई हराउँदै नेपाल अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको छ । बिहीबार बेलुकी भएको प्रतियोगिताको चौथो खेलमा लेबनानलाई १-० गोलले हराउँदै नेपाल लगातार दोस्रो जितसहित फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले एक गोल गरिन् । पहिलो हाफको ४२ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपाल १-० गोलले विजयी भएको हो ।

जितसँगै नेपाल दुई खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित लेबनान अंकविहीन छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० गोलले हराएको थियो ।

अब नेपालले आइतबार हुने खेलमा म्यानमारको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *