पोखराको फिर्केमा भएको सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर

पोखरा । पोखराको फिर्केमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार दिउँसो सिर्जनाचोबाट जिरोकिलोतर्फ गइरहेको ग३च८९७७ नम्बरको जिपले सिर्जनाचोकतर्फ आउँदै गरेको ग१३प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार माया गुरुङको मृत्यु भएको हो ।

माया स्कुटरको पछाडि सवार थिइन् भने स्कुटर छोरा मनोजले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका मायाका छोरा २६ वर्षीय मनोज गुरुङको अवस्था गम्भीर छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालक स्याङ्जा हरिनाश गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *