पोप फ्रान्सिसको स्वास्थ्यमा क्रमिक सुधार

भ्याटिनक सिटी । पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । उनलको उपचारमा संलग्न भ्याटिकनले अस्पतालका चिकित्सकहरूले स्वास्थ्यमा सुधार भएको बताएका हुन् ।

उनी ब्रोन्काइटिसका कारण गत शुक्रबार रोमको जेमेली अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा ८८ वर्षीय क्रिश्चियन धर्मगुरू पोपको दुवै फोक्सोमा निमोनिया देखिएको थियो ।

यसैबीच, धर्मगुरू पोपलाई इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले भेट गरेका छन् । “करिब २० मिनेटको भेटमा प्रधानमन्त्री मेलोनीसँग स्वभाविक कुराकानी भएको र उहाँलाई स्वागत गर्न धर्मगुरूसँग पर्याप्त ऊर्जा थियो,” अस्पताल स्रोतले बताएको छ ।

पोपले हालैका वर्षहरूमा ठूलो आन्द्रा र हर्नियाको शल्यक्रियादेखि लिएर हिँडडुलमा समस्याजस्ता थुप्रै समस्याहरूको सामना गर्नुपरेको छ । पछिल्लो समय उनी  ब्रोन्काइटिसको उपचारका लागि अस्पताल गएका थिए । तर उपचारका क्रममा उनमा निमोनियाको पनि समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *