एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा रायो भाल्लेकानोलाई १-० गोलले हराउँदै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाइ जित दिलाउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । खेलको २८ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गरेको गोलनै टोलीको जितमा निर्णायक बन्यो ।
जितसँगै बार्सिलोना २४ खेलबाट ५१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान ५१ अंक जोडेको रियल म्याड्रिड गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । पराजित भाल्लेकानो ३५ अंकको साथ छैटौं स्थानमा रहेको छ ।