काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बेलुकी भएको खेलमा किर्गिस्तानलाई १-० गोलले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन बिमला चौधरीले निर्णायक गोल गरिन् ।
पहिलो हाफको दसौँ मिनेटमा बिमलाले गरेको गोलनै नेपालको जितमा निर्णायक बन्यो । खेल अवधिभर नेपालले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउन असफल भएको हो ।
जितसँगै नेपालले तिन अंक जोडेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले लेबाननलाई ३-१ गोलले हराएको थियो ।