काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिप अन्तर्गत किर्गिस्तानविरुद्ध जारी खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफको समाप्तिमा १-० गोलको अग्रता लिएको हो ।
पहिलो हाफको दसौँ मिनेटमा बिमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।