काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का विद्यार्थीलाई छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने बताएको छ ।
विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार साँझ होस्टलको कोठामा शव फेला परेपछि क्याम्पसमा तनाव उत्पन्न भएको थियो । सोही विश्वविद्यालयमा रहेका अरु नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको थियो । तर, कूटनीतिक पहलपछि विश्वविद्यालय प्रशासन सो निर्णयबाट फिर्ता भएको छ ।
नयाँदिल्लस्थित नेपाली राजदूतावासका अनुसार संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिले नेपाली विद्यार्थीका लागि छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी गराएका छन् । दूतावासले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै सोही संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरिएको जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अनुरोध बमोजिम उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ ।’