अन्तर्राष्ट्रिय महिला फूटबल च्याम्पियनसिपमा म्यानमार विजयी

काठमाडौं । अन्तराष्ट्रिय महिला फूटबल च्याम्पियनसिपमा म्यानमारले विजयी शुरुवात गरेको छ । सोमबार दिउँसो भएको उद्धाटन खेलमा लेबाननलाई ३-१ गोलले हराउँदै म्यानमारले प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा म्यानमारलाई जित दिलाउन विन थेंगी तुन, श्वे यी तुन र सान थावले समान एक/एक गोल गरिन् । लेबाननको लागि लायाला इस्कान्दरले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा थेंगीले गोल गर्दै म्यानमारलाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

६० औं मिनेटमा इस्कान्दरले गोल गर्दै लेबाननलाई १-१ गोलको बराबरीमा ल्याइन् । ७२ औं मिनेटमा श्वे यीले गोल गर्दै म्यानमारलाई खेलमा फेरी २-१ गोलको अग्रता दिलाइन् । यस्तै ७५ औं मिनेटमा सान थावले गोल गर्दै म्यानमारलाई ३-१ गोलको जित दिलाएकी हुन् ।

जितसँगै म्यानमारले तीन अंक जोडेको छ । अब आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र किर्गिस्तान भिड्दैछन् । खेल बेलुकी ६ वजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *