उडिसामा नेपाली विद्यार्थी मृत्यु छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारसँग अनेरास्ववियुको माग

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिनका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सोमवार विज्ञप्ति जारी गरी कूटनीतिक पहल ार्फत छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न दवाब दिन तथा न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरूहरुमाथि कलेज प्रशासनले दमन गरेको र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा बडालले आपत्ति जनाएका छन् ।

कालिंगा विश्वविद्यालयमा भइरहेको न्याय प्राप्तिको आन्दोलनप्रति संगठनको ऐक्यवद्धता रहेको अनेरास्ववियुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *