जलन अस्पताल बनाउने काम अघि बढाउन सरकारलाई सांसद भण्डारीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारलाई नेपालमा जलन अस्पताल बनाउने काम अघि बढाउन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद भण्डारीले आफू जलनमा परेपछि पटक पटक प्रधानमन्त्री र मन्त्रीहरुसँग यसबारेमा ध्यानाकर्षण गराएपनि कसैको ध्यान नगएको बताएका हुन् ।

उनले भने, ‘जुन दिन म जलनमा परेको थिएँ आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि मैले धेरै पटक प्रधानमन्त्रीज्यूहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’

उनले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भई ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *